Gallery: Khampa Kanda

भारतमा बसेका तिब्बतीलाई अमेरिकाले कोलाराडो लगेर सैनिक तालिम तथा हतियार दिएर ती तिब्बती खम्पाहरुलाई अमेरिकाले थाइल्यान्ड हुँदै नेपाल ल्याइ तेस पछी मुस्ताङ र मनाङ ईलाकामा पुर्‍याउँथ्यो। अमेरिकामा बनेका हतियार र युद्ध सामाग्रीको प्रयोग गर्थे खम्पा सेना।
अनी मुस्ताङ - मनाङबाट तिब्बतमा रहेका चिनिया सेना र अरु कर्मचारीलाई रेड गरेर मार्थे ती खम्पाले। नेपाली सेनाले खम्पासँग खोसेका तिनै हतियार हुन यी तस्बिरमा। अनी त्यस बखतका मुस्ताङका प्रसाशक कर्नेल सैलेन्द्र बहादुर महत, एम सि। (अन्तिम तस्बिर- चस्मा लगएको) थिए।
पछी चीन सरकारको अनुरोधमा नेपालले ती खम्पालाई नेपाली सेना मार्फत निशास्त्रीकरन गरेको थियो। जस्लाई खम्पा कान्ड भनिन्छ, २०३१-३२ साल ।
यी तस्बिर कर्नेल सैलेन्द्रका छोरा दिनेश महतजी को सौजन्यबाट प्राप्त भएका हुन ।