स्पाइनल इन्जुरी नेटवर्कलाई सवा लाख सहयोग

श्रोतः http://www.sarokar.com.np/?p=4055&fbclid=IwAR3VKMcRDaA3wG_kxpteiQhX86rSM7e6RbJkFSP8nZ87PcBhVAIraWMrrhQ

काठमाडौैं । राजधानीको रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई नेपाल म्युजिएम एसोसियसनका समन्वयमा जम्मा भएको रू १ लाख २५ हजार रूपैयाँ हस्तान्तरण गरिएको छ । बाैद्ध, माकलवारीमा रहेको स्पाइनल इन्जुरी नेटवर्कले स्वावलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ ।

उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिए । सहयोग रकम अन्तरराष्ट्रिय म्युजिएम एसोसियसन, नेपाल च्याप्टरका अध्यक्ष, पूर्व सहायक रथी विजयकुमार थापा र डिसाबिलिटी मिडिया फाउन्डेसन नेपालका संस्थापक गजेन्द्र बुढाथोकीद्वारा संयुक्त रूपमा हस्तान्तरण गरियो ।

नेपाल म्युजिएम एसोसियसनका संयोजक पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले स्वावलम्बन जीवन पद्धतिमा आधारित भइ सक्रिय जीवन बाँचिरहेका स्पाइनल इन्जुरी भएका युवा भाइबहिनीका लागि सानो भए पनि सहयोग गर्न सकिएकोमा सन्तोष व्यक्त गर्दै सामाजिक कार्यमा सहभागिता बढाउन समाजका सबै तप्काका नागरिकहरूसँग अपील गर्नुभयो ।

स्पाइनल कर्ड इन्जुरी नेटवर्कका उपाध्यक्ष बाबुराम मिश्रले स्पाइनल कर्ड इन्जुरीपछि अध्ययन, जीविकोपार्जन लगायतका विषयमा यावत समस्या हुने बताउँदै कम्तिमा प्लस टु तहसम्म अध्ययन गर्नका लागि सहज होस भनेर होस्टल सञ्चालन गरिएको भए पनि लागतका कारण सञ्चालनमा समस्या भइरहेको बताउनु भयो ।

“हामीले नगरपालिकासँग पनि स्थान उपलब्ध गराइदिन माग गरेका छाैं । मुखले धेरैले सहयोगका बचन दिन्छन, तर फेरि फर्केर आउँदैनन,” भन्दै उहाँले म्युजिएम एसोसियनका तर्फबाट सहयोग उपलब्ध गराउन पहल गरिदिनु भएकोमा डा. बस्न्यातप्रति आभार व्यक्त गर्नुभयो ।

अपांगता अधिकारकर्मी एवं सञ्चारकर्मी बुढाथोकीले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूका लागि राज्यले सातै प्रदेशमा जीविकोपार्जनका कार्यक्रमसहितका पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्ने माग गर्नुभयो ।

सहयोगीहरूका नामावली