← Back to About Us
Dr. Tulasi Ram Vaidya

Dr. Tulasi Ram Vaidya

Former Vice Chancellor and Professor

Background

वि.सं. १९९६ साल फाल्गुण १७ गते जन्मेका प्रा.डा. तुलसीराम वैद्यले अलाहवाद विश्वविद्यालयबाट इतिहास विषयमा एम.ए. तथा पीएच.डी. गर्नु भएको हो।

२०१७ साल आषाढ १८ गतेदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्य सुरु गरेका प्रा.डा. वैद्य इतिहास केन्द्रीय विभागमा प्राध्यापक र विभागीय प्रमुख हुनुका साथै राष्ट्रिय विकास सेवाको निर्देशक, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन, त्रि.वि. प्राज्ञिक परिषद्का सदस्य सचिव, परीक्षा नियन्त्रक आदि पदमा सक्रिय रूपमा कार्य गर्नु भएको थियो।

Academic Positions

प्राध्यापक:इतिहास केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय
विभागीय प्रमुख:इतिहास केन्द्रीय विभाग
निर्देशक:राष्ट्रिय विकास सेवा
डिन:मानविकी तथा सामाजिकशास्त्र सङ्काय
सदस्य सचिव:त्रि.वि. प्राज्ञिक परिषद
परीक्षा नियन्त्रक:त्रिभुवन विश्वविद्यालय
उपकुलपति:लुम्बिनी बौद्ध विश्वविद्यालय

Publications

ऐले आठ वटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ। सहलेखक भई सोह्र वटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ।

Research Guidance

त्रि.वि. अर्न्तर्गत २० जना शोधार्थीलाई पीएच.डी. गराउनुका साथै दुई दर्जनभन्दा बढी विदेशी पीएच.डी. शोधार्थीको शोधग्रन्थ मूल्याङ्कन गर्नुभएको छ।

International Positions

  • उपाध्यक्ष - एशियाका इतिहासकारहरूको अन्तराष्ट्रिय संघ
  • अध्यक्ष - नेपाल इतिहास संघ

International Conferences

नेर्वे, फ्रान्स, स्विजरल्याण्ड, इण्डोनेशिया, हङ्गकङ्ग, मलेसिया, श्रीलंका, थाइल्याण्ड, इङ्गल्याण्ड, भारत आदि देशहरूमा अन्तराष्ट्रिय सम्मलेन र सभाहरूमा सहभागी हुनुभएको छ।

Awards and Honours

राष्ट्रिय स्तरका अनेक संघ संगठनहरूबाट सम्मानित तथा विभूषित डा. वैद्य।

Museum Work

नेपाली सेनाको सैनिक संग्राहलय स्थापना गर्न करीब २ वर्षसम्म विशेषज्ञ सल्लाहकारको रुपमा काम गर्नु भएको थियो।