मन्दिरले बोल्छ राजदरबारको राजनीतिक प्रवृत्ति

Shiba Parbati

२१ जेठ, काठमाडौं । बसन्तपुर दरबार क्षेत्रमा देखिने सम्पदाहरु पहिले जस्तो छैनन् । भूकम्पका कारण मात्रै होइन, फेरिएका सम्पदाको पछाडि अरु पनि कारण छन् । केही स्वरुपमा फेरिएका छन्, केही नाममा फेरिएका छन्, केही त आस्थामा नै फेरिएका छन् ।

आकारमा मात्रै याद हुने सम्पदापछिका कथाहरु, ययार्थहरु खोज्ने हो भने त्यसमा फेरिएका स्वरुप, नाम र आस्थाबारे थाहा हुन्छ । कुन राजाले के नाम दिए ? त्यो नाम कसरी फेरियो ? किन त्यसको स्वरुप उही रहेन भन्ने जान्न सम्पदाको बाहिरी पाटोले मात्रै बोलिदिँदैन । त्यसका लागि भित्री कथा खोतल्नै पर्ने हुन्छ ।

Kumari Ghar Basantapur

कुमारी घरको बाहिर रहेका द्वारपालका मूर्तिमा सम्पदा रंग्याउने झिल्के सोचको परिणामले आगन्तुकलाई खिस्याइरहे जस्तो लाग्छ । इनामेलले रंग्याइएको मूर्ति देखेर दिक्क भएका एक स्थानीय वृद्ध त्यस्तो सोचपछिका मानिसलाई गाली गरिरहेका थिए ।

हुन पनि १८१३ सालमा जयप्रकाश मल्लले कुमारी चोक बनाउँदा त्यसअघिका प्रस्तरका सिंहका दुई मूर्तिमा इनामेल लगाएर राम्रो देखाउने कसरी सोचेका थिए होला र ?

कुमारी घरभन्दा अघि देखिने नारायण मन्दिर, माजुदेवल र विष्णुमन्दिरको अवशेष मात्रै छन् ।

Basantapur reconstruction

त्यहाँ पुनर्निर्माणका लागि बार बारेर काम भइरहेको छ । भूकम्पपछि पुनर्निर्माणको काम कसरी भइरहेको छ भन्ने त्यसको बाहिर घेरिएको बारबाट नै थाहा हुन्छ ।

इतिहास अन्वेषक गौतमबज्र बज्राचार्यले 'हनुमानढोका राजदरबार' पुस्तकमा उक्त शिलालेख राजा लक्ष्मीनरसिंहले वि.सं. १६९८ मा लेख्न लगाएको उल्लेख गरेका छन् ।

Shiva Parvati

दक्षिणतिर फर्किएको दुई तले शिव पार्वती मन्दिरको दोस्रो तलाको झ्यालमा बाहिर हेरिरहेका शिव पार्वतीको मूर्ति देखिन्छ । त्यही मूर्तिकै कारण मन्दिरको नाम राखिएको जानकार बताउँछन् ।

भन्ने गरिन्छ, कुनै समय राजाहरु युद्धमा जानुअघि यही मन्दिरमा देवीको प्रार्थना गर्ने गर्दथे । जसको पुष्टि झ्यालको तल रहेका सिपाहीको आकृतिले पनि गर्छ ।

शिव पार्वती मन्दिरको जस्तै कथा छ, भगवती मन्दिरको । सुरुमा नारायण मन्दिरको रुपमा चिनिने मन्दिर भगवतीमा परिवर्तन हुनुले नेपाली राजतन्त्रमा देखिने राजनीतिक प्रवृत्ति थाहा हुन्छ ।

Bhagawati Temple

रोचक कुरा के छ भने नारायणको मन्दिर भनिए पनि त्यसमा नारायणको मूर्ति भने कहिल्यै देखिएन । धनबज्र आफ्नो पुस्तकमा लेख्छन्- १८२३ सालको वैशाखमा चोरी भएपछि त्यहाँ मूर्ति नरहेको बताइन्छ ।

त्यसैले यी मन्दिर र मूर्ति सम्पदा र इतिहाससँग मात्रै नभएर आस्थासँग पनि जोडिएका छन् । त्यसैले यिनको पुनर्निर्माण चलिरहेको यो समय फर्किएर पुराना दिनहरु विचार गर्नैपर्छ ।

Chaitya

बसन्तपुरमा देखिएभन्दा भिन्न रहेका शिव पार्वती मन्दिर र भगवती मन्दिरको जस्तै कथा अन्य सम्पदाहरुमा पनि छन् 。