बुढामहाराज पृथ्वीनारायण शाहले पूर्वी नेपालको तत्कालिन सेनराज्य "विजयपुर" विजय गर्न अराह्याको वि.स. १८३१ असोज ३० गते बुधवार काठमाडौबाट पूर्वी कमाण्डर अभिमानसिंह बस्नेत, पारथभंडारी, कीर्ति सिंह षवास, वलि वानियाँलाई लेखेको चिट्ठीको व्यहोरा -
स्वस्तिश्री राजभारासामर्थ अभिमानसिंह, पारथभंडारी, कीर्तिसिं षवास, वलि वानिञाके आशिकपूर्वक पत्रमिद्ं |
यहाँ कुअल छ तहाँ कुसल चाहिए | आगे यहाँको समाचार भलो छ| उप्रान्त पत्र आयो, अर्थ मालूम भयो | चौदंडमहाँ गढि तुल्याउनाको विस्तार औ कुहिल्याबाट फौज हिड्याको तिनै मुषले गर्न्या काजको चाँजो, लिम्वु शृंज्ञाका सुवा सुवाले मान्न आयाको सबै विस्तार विन्ती गरि पठायाँ छौं | बिधि विस्तार सुन्यौं | इस्लिम्वा चांथापूसम्म जति हाम्रो फौज पुग्यो अब त्यो जग्गा छोड्नु छैन, बलिया गरि गढी त्यही बनाउन्याछन,वनाव | बाँकी इस्लिम्बा चांथापूसम्म हाम्रो अम्बल भयापछि कनकाई पूर्व तिष्टापश्चिम पनि अम्वल गरि हालन्या हो | घटिया देश आफुले पाईकन आमद हुन्या बढियाँ देश छोडनाको प्रयोजन केहि होईन | अम्वल गर्न्यै हो | तर इस्लिम्बा चाम्थापू साँध गरिकन पनि सुषिमले हामीसंग घा है गर्न पस्यो कटक गर्नामहा पसेंन त कानका हेरि बुझि तर्नु | इस्लिम्बा चांथापू लिंदा सुषिम चंकि गयो घा तोडि हाल्यो त आखिर त्यति महाँपनि चटकि गयो त मधेश छोडन्या होईन, हिन्दू पतिको साँध तिष्टा सम्म चांडै गरि हालन्या हो | यो काज बुझ्नु ताहिं पर्याको छ |
उप्रान्त बुद्धि कर्णको हाति राम्रो छ गरे | त्यो हाति माहुतलाई लायेर वहांको माहुत कमाइकन सय ४/५ रुपैयाँ कवोलिकन सो हात्ती ल्याउन पठाउन्या हो | माहुतलाई ल्याउ भन्या त केहि वेर छैन | ति माहुतका कुल कविला त हाम्रै देशमहा हुनन | केहि कवोली,षातिर्जामा दिकनपनि त्यो काम गर | उप्रान्त तेस देशमहा बुद्धिकर्ण राईलाई पाएपछि कल मरि जान्या थियो, पाईएन | केहि जुक्तिले कोहि सिपाही कमायेर हजार बाह्रसय कवोली सर्सिरोपाउ कवोली हुन्या भया तेसलाई मराउन्या हो | तेसो भयापछि तहाँको कल सबै मरिजान्छ | त्यो काम षामषा गराउ |
उप्रान्त अम्बरपुरका तरियानिका रुपैयाले ताहाँ सिपाहीहरुको षर्च र तहाँ लगात षर्च उठाउन्या गर | बाँकी हजार २००१ रुपैया चह्राइ पठाया छौ,आईपुग्या | कवच गरि पठायाको छ पुग्ला | बाँकि इस्लिम्बा चांथापूदेखि पुंढो अम्बल गर्न जानु छैन | सुषिम आई लाग्या एका ठाउ बनाइकन कत्तल गर्न्या चाँजो गर सुषिमका पुराना देश महा गया माथि लासासंग विग्रन जाला तसर्थ उपल्ला मुषतिर लासाका देशमहा चार अङ्गुलपनि साँध चापनु छैन | प्रजालाई दुख दिनु पनि छैन | विज्ञेषु | आश्विन वदी ३० रोज ४ मुकाम काठमाडौ शुभम् | वालकृष्ण जैसी र वीरभद्र पाध्याके प्रणाम |श्रोत : ५०० बर्ष